सुर्खेत । सुर्खेत महिला जेसीजले सप्ताव्यापी कार्यक्रम घाेषणा गरेकाे छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत साउन २६ गते विहान ११ बजे एस ओ एस हर्मन माइनरबाट कार्यक्रमकाे उद्घाटन गरिने छ । यस्तै २६ गते नै एस ओ एस हर्मेनमा वक्तृत्वकला प्रतियाेगिता गरेने छ ।
यस्तै २७ गते जन नमुना मावीमा मनाेसामाजिक सु- स्वास्थ्य तालिम आयाेजना गरिएकाे छ । यस्तै २९ गते बृदा आश्रममा भजन कार्यक्रम आयाेजना गरिएकाे छ । ३० गते ट्राफिक सचेतना आयाेजना गरिएकाे उक्त कार्यक्रम वीरेन्द्र चाैकमा गरिने छ । ३१ गते भानुपार्कमा बृक्षाराेपणा आयाेजना गरिएकाे छ ।
यस्तै भदाै १ गते ओसाे मेडिसिन आयाेजना गरिएकाे छ भने २ गते उत्कृष्ट महिलालाई सम्मानकाे कार्यक्रम रहेकाे छ । र साेहि दिन समापन कार्यक्रम हुने सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले जानकारी दिईन् ।
संवाददाता । बिहिबार, साउन २५, २०८० मा प्रकाशित