सुर्खेत, साउन २६ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रुपान्तरणका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार सुर्खेत महिला जेसीजको जेसीज सप्ताहको उद्घाटन गर्दै मन्त्री पोखरेलले समाजमा नकरात्मकता बढ्दै गएको बताउँदै त्यसलाई सही मार्गमा ल्याउन युवाहरु सक्रिय हुनुपर्ने बताए ।
‘अहिलेको हाम्रो समाज सकारात्मक भन्दा पनि नकारात्मक कुराको पछाडि दौडिरहेको छ, त्यसमा युवाहरुको जमात सबैभन्दा ठूलो छ,’ उनले भने, ‘यस्ता कुराले गाउँ, समाज र देशलाईनै नकारात्मक असर पर्ने भएकाले सकारात्मक कुरातर्फ युवाहरुको ध्यान केन्द्रीत हुनुपर्छ ।’ मन्त्री पोखरेलले अहिलेका युवाहरुनै भोलिको देशको नेतृत्वकर्ता भएकाले अहिलेदेखिनै उनीहरुमा सकारात्मक सोच र चिन्तन हुनु आवश्यक रहेको बताए ।
‘यो मेरो समाज हो, मेरो देश हो, देश बनाउने मैले हो भन्ने भावनाको विकास हुनु जरुरी छ,’ मन्त्री पोखरेलले भने, ‘नकारात्मक सोच समाज र देशका लागि घातक छ भन्ने कुरा युवाहरुले बुझ्न आवश्यक छ ।’ उनले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउँदै समाजलाई सही दिशातर्फ डो¥याउनका लागि पनि भूमिका खेल्न आग्रह गरे । मन्त्री पोखरेलले सुर्खेत महिला जेसीजले महिलाको नेतृत्व क्षमतामा महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई गाउँगाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औल्याए । सुर्खेत महिला जेसीजका अध्यक्ष सीता भण्डारीले सात दिनसम्म विविध कार्यक्रम गरेर जेसीज सप्ताह मनाइने बताइन् ।
उद्घाटनसँगै पहिलो दिन वक्तित्वकला प्रतियोगीताको आयोजना गरिएको थियो । ‘बलियो राष्ट्रका लागि सवल महिला’ शीर्षकमा आयोजित प्रतियोगीतामा १० विद्यालयका २० छात्राहरुले भाग लिएका थिए । वक्तित्वकला प्रतियोगीतामा सैनिक आवासीय माविका प्रजिना खड्का प्रथम, सुर्खेत होराइजन एकेडेमीकी अस्मिता ऐडी, अमरज्योति माविकी तारा भट्टराई तृतीय भ एभने एसओएस विद्यालयका भावना भण्डारी सान्त्वना भए । कार्यक्रममा वीरेन्द्रनगर जेसीजका अध्यक्ष डिलु ढुंगना, एसओएस बालग्रामका निर्देशक गोपाल घिमिरे, एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेत, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्षहरुलगायतको सहभागीता रहेको थियो ।
संवाददाता । शुक्रबार, साउन २६, २०८० मा प्रकाशित