जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँकी हुन् ८९ वर्षीया गिठीदेवी जोशी।
गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन्। सदरमुकाम नजिकै रहेपनि ८९ वर्षपछि नागरिकता लिएकी हुन् उनले।
यसअघि नागरिकताको महत्व र आवश्यकता थाहा नहुँदा उनले नागरिकता लिएकी थिइनन्। पछि उनकै छोरा गोरिलालले आफ्नी आमाले नागरिकता नपाएकोबारे प्रशासनलाई खबर गरेका थिए।
त्यसपछि प्रमखु जिल्ला अधिकारी नारायण पाण्डेयको टोली उनकै घर पुगेर गिठादेवीलाई नागरिकता दिएको हो।
‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी पनि देखिए ।
सरकारले दिने सेवाबारे उहाँ जानकार हुनुहुन्नथ्यो जसले उहाँ सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।
संवाददाता । शनिबार, साउन २७, २०८० मा प्रकाशित