Karnali Media
२०८३ जेठ २८ , बिहीबार

सुनको अनुसन्धान सरकारी संयन्त्रबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष



सत्तारूढ दल नेपाली कांग्रेसले गैरकानुनी रूपमा नेपाल भित्रिएको सय किलो सुनको विषयमा सरकारी संयन्त्रबाटै प्रभावकारी रूपमा अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ।

शुक्रबारदेखि बसेको संसदीय दलको बैठकले सय किलो सुनको विषयमा सरकारी संयन्त्रबाटै प्रभावकारी रूपमा अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो।


सांसद प्रदीप पौडेलका अनुसार कांग्रेसले सुन प्रकरणको अनुसन्धान प्रभावकारी ढंगले गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

आइतबारको बैठकमा केही सांसदले एमालेले माग गरेको उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताएका थिए। तर,संसदीय दलको बैठकले समिति गठन नभई सरकारी संयन्त्रबाटै छानविन गर्नुपर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमबार