काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरेकाे छ ।
बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिए । उनले अब केहिबेरमा परीक्षाफल प्रकाशन हुने बताए । बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ । नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
संवाददाता । मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित