Karnali Media
२०८३ असार १० , बुधबार

वीरेन्द्रनगर ७ ईत्रामबाट फरार प्रतिवादी पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । आज बुधबार फरार प्रतिबादि २३ का निर्देशन शर्मालाई प्रहरीले  पक्राउ गरेको हो ।

जिल्ला अदालत सुर्खेतको लगत नम्बर ३७२० को चेक अनादर मुद्दामा फरार रहेका उनलाई १ वर्ष कैद तोकिएको थियो ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयकाे नियन्त्रणमा राखिएकाे छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहीबार