सुर्खेत । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको अन्दाजी १ सय २० किलो अबैध चिनी सहित विभिन्न सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा रहेको ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज देखि सुर्खेत तर्फ आउँदै गरेको भे.१ ख.३०४४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको १ सय २० केजी चिनी, ९ पिस कोटपाइन्ट कपडा, कुर्ता सुरुवाल सेट १० पिस, कुर्ता २० पिस र जाली वाला प्लाष्टिक बाटा २४ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।
संवाददाता । बिहिबार, साउन ३२, २०८० मा प्रकाशित