हिमालपारीको गाउँको हुम्लाको लिमीका स्थानीय इन्टरनेट सेवामा पहुँचमा जोडिएका छन्। तीनै गाउँमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सञ्चालनमा आएपछि स्थानीय इन्टर नेटमा रमाउनसमेत थालेका हुन्।
तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दाहरुलाई सञ्चार सम्पर्क गर्नसमेत सहज भएको हो। नाम्खा गाउँपालिका( ६ का वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार निक्कै प्रयास पनि लिमीमा नेपाल टेलिकमको इन्टरनेट सेवा सञ्चालनमा आएको छ।
इन्टरनेट चलाउने सेवाग्राही कमै भएको कारण फोर जी सेवा छिटो र गुणस्तरीय रहेको कारण गाउँ बाहिर देश विदेश रहेका आफन्तसंग सञ्चार सम्पर्क गर्न सहज भएको छ। चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएकोले लिमीका तीनै गाउँ तील, हल्जी र जाँङ इन्टरनेटको पहुँचमा जोडिएका छन्।
लिमीको हल्जी गाउँमा यसअघि वल्र्ड लिंकको इन्टरनेट सेवा सञ्चालनमा थियो। उक्त सेवा निक्कै सुस्त भएको कारण सेवाग्राहीले भनेको बेला इन्टरनेट चलाउन नसक्ने अवस्था रहेको अबस्थामा अहिले भने चौबीसै घण्टा लिमीका बासिन्दा इन्टरनेटको पहुँचमा जोडिनु भएको हो।
फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ। छिटो र गुणस्तरीय इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरु निक्कै हर्षित छ।
वडा कार्यालयमा समेत इन्टरनेट गर्नुपर्ने कामलाई समेत सहज भएको छ।
संवाददाता । शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित