सुर्खेत । कर्णाली प्रदेशको विद्युत विद्ययेकमाथी छलफल कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सभामा छलफलका लागि संसदीय समितिमा रहेको उक्त विद्युत विद्यकमाथी छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका उर्जा तथा जलस्रोत विकास मन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावत, प्रदेश सभा सदस्यहरु जीतबहादुर मल्ल र वीरबहादुर शाहीको सहभागिता रहेको थियो। कार्यक्रममा उर्जा, तथा विद्युतसँग सरोकार राख्ने सरोकारवाला तथा विज्ञहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रममा भर्चुअल माध्यमबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत सरोकारवालाहरुको सहभागिता रहेको थियो। प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समिति र युएनडिपि संसद सहयोग परियोजनासँगको समन्वयमा उक्त छलफल कार्यक्रमको आयोजना ऋति फाउण्डेसन र नेपाल एफएमले गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री उर्मिला वश्वकर्माले विद्ययेकमा सबै सरोकारवालाहरुको राय समेट्ने प्रतिवद्धता व्यक्त गरे। अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावतले विद्युत विद्ययेकका सम्बन्धमा सरोकारवालाका सुझावहरु समेट्न समितिले गर्नुपर्ने कार्यक्रम नागरिक समाजले गरेकोमा धन्यवाद व्यक्त गरे। उनले उक्त विद्ययेकले कर्णालीको विकासमा योगदान दिने विश्वास व्यक्त गरे।
संवाददाता । शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित