सुर्खेत । सर्जिकल तथा ल्याब सम्बन्धि सामाग्रीहरुको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन (केम्सन) सुर्खेत शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । शुक्रबार प्रथम साधारणसभाबाट केम्सन सुर्खेतको नयाँ कार्यसमिती पनि चयन गरिएको छ ।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) सुर्खेत शाखाको प्रथम साधारणसभाबाट अध्यक्षमा कल्पना विष्ट सर्वसम्मत चयन भएकी छन् । यस्तै उपाध्यक्षमा रविन्द्र थापा, सचिवमा श्याम कुमार विष्ट, कोषाअध्यक्षमा शिवलाल खराल र सदस्यहरुमा महेन्द्र कुमार थापा र पूर्ण बहादुर खड्का चयन भएका हुन् ।
केम्सन सुर्खेतका तदर्थ समितिका कार्यवाहाक अध्यक्ष रविन्द्र थापाको अध्यक्षतामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको केम्सन सुर्खेतको प्रथम साधारणसभामा केम्सनका केन्द्रीय अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका भक्तबहादुर हमालको प्रमुख आतिथ्यता रहेको थियो । साथै केम्सन का विभिन्न जिल्ला प्रतिनिधीहरु, कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्का, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल लगायतको उपस्थिती पनि रहेको थियो ।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) सुर्खेत शाखाको नयाँ नेतृत्वमा चयन भएका सबैले आजै सपथ ग्रहण पनि गरेका छन् ।
संवाददाता । शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित