सुर्खेत । सुर्खेत महिला जेसीजको ‘जेसीज सप्ताह’ विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । साउन २६ गतेबाट सुरु भएको ‘जेसीज सप्ताह’ आज सम्पन्न भएको हो ।
सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै सुर्खेत महिला जेसीजले गरेका कार्यक्रमहरुको समिक्षा गरेर प्रमाणपत्र र मायाको चिनो वितरण गर्दै ‘जेसीज सप्ताह’काे समापन गरिएको छ । साथै सुर्खेत महिला जेसीजले प्रत्येक बर्ष प्रदान गर्ने उत्कृष्ट नारी सम्मान पनि वितरण गरिएको छ । यो बर्ष जेसीज उत्कृष्ट नारीमा विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण पदक विजेता नन्दा बस्याल सम्मानित भएकी छन् ।
साउन २६ गतेबाट सुरु भएको सुर्खेत महिला जेसीज सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन २६ गते उद्घाटन समारोह संगै तुल्सी स्मृती बक्तृत्वकला प्रतियोगिता भएको थियो । असार २७ गते मनोसामाजिक सु–स्वास्थ्य कार्यक्रम भएको थियो । यस्तै असार २९ गते बृद्धाआश्रममा फलफुल वितरण कार्यक्रम गरिएको थियो । असार ३० गते वीरेन्द्रचोकमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । असार ३१ गते भानुपार्कमा वृक्षारोपाण कार्यक्रम सम्पन्न भएको थियो । साथै भदौ १ गते ओसो मेडिटेसन कार्यक्रम भएको थियो । आज अर्थात भदौ २ गते उत्कृष्ट नारी सम्मान र जेसीज सप्ताहको समापन गरिएको छ ।
समापन कार्यक्रममा जेसीज सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रमको समापन कार्यक्रममा बोल्दै सुर्खेत महिला जेसीज बर्ष २०२३ की अध्यक्ष सिता भण्डारीले कार्यक्रम सफल पर्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदा खुसी भएको बताइन् । लामो समयदेखि जेसीज मार्फत हुँदै आएको कार्यक्रमहरुको समिक्षा गर्दै उनले सुर्खेत महिला जेसीज मार्फत सप्ताहवयापी कार्यक्रमहरुबाट विभिन्न विद्याहरुमा कार्यक्रम सम्पन्न गरेको जानकारी दिइन् ।
सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथी कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, विशिष्ट अतिथी नेपाल जेसीज बर्ष २००५ का अध्यक्ष गेहेन्द्र प्रसाद दाहाल, विशिष्ट अतिथी सुर्खेत महिला जेसीज संस्थापक अध्यक्ष सिमा चन्द, विशेष अतिथी नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाही, विशेष अतिथी सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल, सुर्खेत काक्रेविहार यातायात प्रालीका अध्यक्ष रमेश कुमार सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
संवाददाता । शनिबार, भदौ ०२, २०८० मा प्रकाशित