Karnali Media
२०८३ जेठ ३० , शनिबार

डा. महेन्द्र कुमार मल्लको ‘भाषाको वकपत्र’लाई यशस्वी अवार्ड



सुर्खेत । लेखक तथा सर्जक डा. महेन्द्र कुमार मल्लद्वारा लिखित भाषाको वकपत्र यशस्वी बुक अवार्डको लागि छनोट भएको छ ।

प्रज्ञा प्रतिष्ठानले २०७९ सालभित्र प्रकाशित भएका विभिन्न पुस्तकहरुलाई यशस्वी बुक अवार्ड प्रदानको लागि भाषाको वकपत्र सहित १० पुस्तकहरु छनोट गरेको छ । छनोट भएका पुस्तकहरुमा विवेक ओझाको ऐठन, डा. नवराज केसीको सून्यको मुल्य, रेणुका जिसीको सेनस, डा. महेन्द्र कुमार मल्लको भाषाको वकपत्र, गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात, अनुराधाको छमछमको छमछमी, रिमा केसीको अमृता प्रितमका छानिएका कविता, नारायण घिमिरेको रैथाने चाडबाड र खानपान, लाक्पा डेन्डी शेर्पाको हिमालयन मेभिरिक र सुशान्त थापाको मिनेट्स अफ मेरिट पुस्तक छनोट भएका छन् ।


छनोट भएका १० पुस्तकलाई आउँदो भदौ १५ गते शुक्रबार काठमाडौं कलिङ साहित्य महोत्सवमा अवार्ड प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०८० भदौ ३ गते आइतबार