Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रदेश स्थापना तथा शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।


मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै भदौ ४ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन्।

प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार