सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन यहि भदौ ६ र ७ गते हुने भएको छ । आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै बुधबार र विहिबार प्रथम अधिवेशन हुने राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीले जानकारी दिएको छ ।
प्रथम कर्णाली प्रदेश अधिवेशनमा प्रमुख अतिथीको रुपमा नेकपा एमालेका महासचिव शंकर पोखरेल आउँने कार्यक्रम रहेको र नेकपा एमालेका नेता कर्णाली प्रदेश सभा सांसद यामलाल कडेलको पनि कार्यक्रममा उपस्थिती रहने राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश संयोजक गणेशमान खनालले जानकारी दिए । उनका अनुसार प्रथम प्रदेश सम्मेलनमा १० वटै जिल्लाबाट प्रतिनिधीहरुको सहभागिता हुनेछ । ६ गते उद्घाटन कार्यक्रम हुने र ७ गते बन्द सत्र हुने उनले बताए । प्रथम अधिवेशनबाट सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभएको खण्डमा निर्वाचन मार्फत नेतृत्व चयन गर्ने उनको भनाइ छ ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले प्रदेश जनसंगठन संयन्त्र प्रमुख गुलवबजंग शाहले नेकपा एमालेका २३ वटा जनसंगठन मध्ये अधिकांस जनसंगठनको अधिवेशन भइसकेको अवस्थामा राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन गर्न लागेको बताए । यस्तै उनले आफ्नो पार्टीका जनसंगठनलाई स्थानीय तहसम्म मजबुद बनाउने पनि उनले बताए ।
यस्तै राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका प्रचारप्रसार संयोजक दिपक रिजालले प्रथम अधिवेशन सम्पन्न गर्न सबैले आ-आफ्नो स्थानबाट महत्वपूर्ण सहयोग गर्न पनि अपलि गरेका छन् ।
संवाददाता । सोमबार, भदौ ०४, २०८० मा प्रकाशित