सुर्खेत । वर्षातका कारण सुर्खेत दैलेख सडक खण्ड अवरुद्ध भएको छ । माथिल्लो डुंगेश्वर र गुराँसेको विचमा पर्ने सियाकोट नजिकै सडकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
मंगलबार विहान १० बजेतिर पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। पहिरो खसेको क्षेत्रमा सडक निर्माणको काम भइरहेको र साेही क्षेत्रमा पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्धहुँदा दैलेख र जाजरकोटबाट सुर्खेत आउने र सुर्खेतबाट त्यसतर्फ जाने सवारी र यात्रुहरु रोकिएका छन् ।
संवाददाता । मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित