सुर्खेत। सुर्खेत आएर नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारकै डिजाइनमा भएको बताएका छन् । वीरेन्द्रनगरमा पत्रकारसँग कफी र कुरा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले एमालेका नेता कार्यकर्ताहरुलाई फसाउन सुन काण्डको डिजाइन सरकारले गरेको र पछि आफ्नै नेता कार्यकर्ता फस्ने देखिएपछि अनुसन्धानमा सरकार पछि हटेको आरोप लागए ।
पत्रकारहरुका प्रश्नको जवाफ दिँदै उनले एमालेले कर्णालीलाई उपेक्षा नगरेको पनि प्रष्ट पारेका छन् । यस्तै नेकपा एमालेले महिलाहरुलाई प्राथमिकतामा नराखेको भन्ने प्रश्नमा उनले एमालेले नै पहिलो महिला राष्ट्रपति बनाएको बताए । साथै एमालेबाट नै निर्वाचित सांसद कर्णाली प्रदेशको महिला सभामुख भएको र उहाँ नेपालकै पहिलो प्रदेश महिला सभामुख भएको बताए ।
संसद अवरुद्ध गरेको विषयमा बोल्दै अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो । उनले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको पोखरेलले बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ ।
संवाददाता । बुधबार, भदौ ०६, २०८० मा प्रकाशित