Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

प्रधानमन्त्रीद्वारा पर्यटनमन्त्री किराँतीका पिताप्रति श्रद्धाञ्जली अर्पण



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

पुल्चोकस्थित मन्त्री निवास पुगेर उनले दिवङ्गत राईप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गरेका छन्।


यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जली व्यक्त गरे।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार