सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेपाली जनता र राष्ट्रको नेतृत्व नेकपा एमालेले मात्र गर्न सक्ने बताएका छन् । सुर्खेतमा भएको राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको गठबन्धनको सरकारबाट मुलुकको समृद्धि नहुने आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबारे व्याङ्ग्य गर्दै उनले प्रधानमन्त्रीले भ्रमणका क्रममा भारतले जे जे भन्यो हुन्छ भन्दै उपहारमा मुर्रा भैसी ल्याएको बताए । साथै उनले प्रधानमन्त्रीले देश र राष्ट्रियताको सवालमा भारतसंग भ्रमणका क्रममा कुनै पनि विषय उठाउन नसकेको बताउँदै अब देश एमालेको नेतृत्वबाट मात्र समृद्धिको यात्रामा जाने उनको भनाई छ ।
भिडियो हेर्न :
संवाददाता । बुधबार, भदौ ०६, २०८० मा प्रकाशित