Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

सुर्खेतको वीरेन्द्रनगरबाट १३ जना जुवाडे पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट १३ जना जुवाडे पक्राउ परेका छन् । नगद २ लाख १९ हजार ९ सय रुपैयाँ सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका ३ यरिचोकमा रहेको एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको र उनीहरुको साथबाट रकमसहित ५ गड्डी तास, १५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिका–७ बस्ने दिनेश हमाल, दुल्लु– १३ को जगत भण्डारी, वडा–६ का थिर बहादुर खड्का, शेर बहादुर खड्का, सन्तोष थापा, वडा नम्बर–८ का लक्ष्मण सिंह, अमृत सिंह रहेका छन् । यस्तै दैलेखकै डुङगेश्वर गाउँपालिका–२ को नेत्र विष्ट, भैरवी गाउँपालिका–५ का रत्न बहादुर थापा रहेका छन् ।

यस्तै वीरेन्द्रनगर वडा नम्बर ४ बस्ने जनक बहादुर सुनार, ३ का ओम खड्का, वडा नम्बर ६ का सरोज बराल र वडा नम्बर ४ का हर्क थापा रहेका छन् ।

प्रकाशित मिति : २०८० भदौ ७ गते बिहीबार