कर्णाली प्रदेश,सुर्खेत अनेरास्ववियु उच्च माबि कमिटीको नेतृत्व ,क्याम्पस कमिटी नेतृत्व ,जिल्ला कमिटीको नेतृत्व गर्दै २०७२मा भएको अनेरास्ववियु को २२ औ रास्ट्रिय महाधिवेशन बाट अनेरास्ववियु को केन्द्रिय अनुशासन आयोग सदस्य हुँदै केन्द्रिय कमिटीमा छिरेका योगि हालसम्म १५ बर्ष अनेरास्ववियु मा बिताइसकेका छन।भने केन्द्रिय सचिवालय सदस्य हुँदै केन्द्रिय स्थायी कमिटी सदस्य पनि हुन।आज मात्रै अनेरास्ववियुको पदाधिकारी को बैठक बाट केन्द्रिय स्थायी कमिटी सदस्य योगि अनेरास्ववियु कर्णाली प्रदेशको सह इन्चार्ज को जिम्मेवारी पाएका छन् ।योगि हक्की स्वभाव ,कुशल सङ्गठक ,बैचारिक , क्रियाशिल ,प्रखर वक्ताका रुपमा समेत विद्यार्थीको माझमा स्थापित छन भने विद्यार्थी आन्दोलन कै क्रममा धेरै पटक गिरफ्तारीमा समेत परेका थिए ।उनि आफ्नो गृहजिल्ला दैलेखमा समेत विभिन्न सामाजिक संघ सस्थाको कुशल नेतृत्व गर्दै नेकपा एमाले दैलेखको स्वच्छ छवि भएका र सुनौलो भबिस्य बोकेका लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन।उनी सङ्ग प्रतिक्रिया लिदा अब झन थप विद्यार्थीका हक हित अधिकार ,शैक्षिक गुणस्तर शैक्षिक माफिया हरुका विरुद्धमा शसक्त रुपमा लागिपर्ने र कर्णाली प्रदेशमा विद्यार्थी आन्दोलनलाइ थप रचनात्मक र सृजनात्मक माध्यमाद्दारा थप उचाइमा लिने बताएका छन् भने आज मात्रै पदाधिकारी बैठक बाट भएका निर्णयहरु
१. पौष १-७ गते भित्रमा क्याम्पस कमिटीको सम्मेलन गर्ने
२. पौष ७ गते देशभरी एकसाथ पालिका स्तरीय सम्मेलन आयोजना गर्ने
३. १० र ११ गते केन्द्रीय सचिवालयको बैठक झापामा गर्ने
४. पौष १५-२२ गते भित्रमा जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने
५. पौष १३-माघ २ गते सम्म सम्पर्क कमिटीको सम्मेलन गर्ने ।
६. पौष २५ देखि माघ २ गते भित्रमा विश्वविद्यालय राष्ट्रीय कमिटीको सम्मेलन आयोजना गर्ने !
उक्त निर्णयहरु कार्यान्वयन लागिपर्ने र मातहतका कमिटीलाई पनि सोही निर्णयहरु कार्यान्वयन गर्ने गरि काममा लाग्न अनुरोध गरेका छन।
संवाददाता । बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित