Karnali Media
२०८३ असार १ , सोमबार

दिपक टमाटाको तिज गीत ‘चम्कियो माइतीको आगनी’ सार्वजनिक



सुर्खेत । हिन्दु नरीहरुको महान पर्व तिजको अवसरमा दिपक टमाटाको मौलिक तिज गीत चम्कियो माइतीको आगनी सार्वजनिक भएको छ । शुक्रबार उक्त गीत सार्वजनिक भएको हो ।

दिपक टमाटा एचपी युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो गीतमा दिपक टमाटा स्वयमकाे स्वर, शब्द र निर्देशन रहेको छ । लक्ष्मण सुवी र अन्जना खड्काको स्वर रहेको यस गीतमा दिया बडुवाल, सरिता बुढा र सुरेन गिरीको अभिनय रहेको छ । श्रुष्टि प्रोडक्सन हाउसले निमार्ण गरेको चम्कियो माइतीको आगनी गीतको गोपाल बिकले भिडियो रेकड तथा सम्पादन गरेका छन् ।


गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतका सर्जक दिपक टमाटाले यस गीत मार्फत तीजको मौलिकता झल्काउन खोजेको बताएका छन् । तीजमा चेलीको भावना समेटिएर यो गीत निमार्ण गरिएको हुँदा धेरै दर्शक तथा स्रोताहरुको माया पाउनेमा अपेक्षा लिएको उनले बताए । भिडियो हेर्नः

https://youtu.be/zwc26dXVPsE?si=e6LGt70a83Ndjqrc

प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार