सुर्खेत । अन्तर्राष्ट्रिय महिला संगठन इनर व्हील क्लब अफ सुर्खेत भ्यालीको पद हस्तान्तरण गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिवार एक भव्य कार्यक्रमकाबीच नयाँ पद हस्तान्तरण गरिएको हो ।
इनर व्हील क्लब अफ सुर्खेत भ्यालीको संस्थापक अध्यक्ष समेत रहकी लक्ष्मी कार्की प्रधान (सिया)ले वर्ष २०२३÷०२४ का लागि निर्वाचित अध्यक्ष नम्रता तुसुजु श्रेष्ठलाई चार्टर प्रसिडेन्टको कलर (अध्यक्षले लगाउँने माला) लगाईदिएर पद हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कार्कीले आफनो दुई वर्षे कार्यकालमा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति, महिला सशक्तिकरणका तालिम, वृक्षा रोपण, सड्क सुरक्षा सचेतना कार्यक्रम लगाएत थुप्रै सामाजिक कामहरु गरिएको बताईन् । ‘हामीले विभिन्न क्षेत्रमा छरियर रहेका महिला दिदीबहिनीहरुलाई क्लबमा आवद्ध गरायौं र एक्लैले गर्न नसकिनै थुप्रै सामाजिक कामहरु मिलेर सम्पन्न ग¥यो,’ संस्थापक अध्यक्ष कार्कीले भनिन, ‘महिलाहरुले पनि समाजलाई केही दिन सक्छन् भन्ने दरिलो उदहारण पेष गर्न सफल भएका छौं ।’
संस्थाको नयाँ कार्यसमितीको उपाध्यक्षमा रश्मी शाक्य, सचिवमा सुस्मीता बानिया, कोषाध्यक्षमा राधा खड्का, आईएसओमा लक्ष्मी गुरुङ्ग, इडिटरमा मेलिना बुढाथोेकी र सदस्यहरुमा गंगा बस्याल, लक्ष्मी शाही, सुनिता थापा, लक्ष्मी तिवारी, शोभा कँडेल, अर्चना उप्रेती सहित १३ जना चयन भएका छन् । कार्यक्रमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क पोखरेलको प्रमुख आथित्यता रहेको थियो । मन्त्री पोखरेलले चुलो चौकोमा सिमित कर्णालीका महिलाहरुका लागि इनर व्हील क्लब अफ सुर्खेत भ्यालीले नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए । ‘महिला सशक्ति करण र उहाँहरुको उन्नयनका लागि प्रदेश सरकार तत्पर छ । यस्ता कार्यक्रमका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ मन्त्री पोखरेलले भने ।
त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, संस्थाका प्रमुख सल्लाहकार प्रतिमा मल्लाह, दैलेख उद्योण वाणिज्य संघका सचिव प्रकाश, रोटरी क्लबको संस्थापक उपेन्द्र खड्का र रोटरी क्लबको अध्यक्ष हर्ष विक्रम खड्का लगाएतको उपस्थिती रहेको थियो । क्लबले स्वर्ण पदक विजेता सुर्खेती खेलाडी नन्दा बस्याललाई सम्मान समेत गरेको छ । इनर व्हील क्लब विश्वभरि छरिएर रहेका महिलाहरुको सशक्तिकरणमा जोड दिने एकमात्र संस्था रहेको र यस संस्थामा महिलाहरु घर, अफिस वा पारिवारिक स्थानमै बसेर क्बलको सदस्यता लिई समाजमा योगदान पुर्याउँदै आएको संस्थापक अध्यक्ष कार्कीले जानकारी दिइन् ।
उनका अनुसार असल मित्रता र सेवामा विश्वास राख्ने यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध मजबुत बनाउने काम गर्दै आएको छ । सन् १९२४ मा स्थापना भएको यस संस्थाले १०४ देशमा आफ्नो हाँगा फिजाइसकेको छ भने एक लाख बिस हजार यसमा सदस्य रहेको छ ।
संवाददाता । शनिबार, भदौ ०९, २०८० मा प्रकाशित