Karnali Media
२०८३ असार ९ , मंगलबार

ललिता निवास जग्गा प्रकरणमा २९० जना विरूद्ध मुद्दा दायर



काठमाडाैं। वालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जना विरूद्ध मुद्दा दायर भएकाे छ । बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हाे।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार