Karnali Media
२०८३ असोज ६ , मंगलबार

म को हु, कहाँ छु आज कसैले किन बोल्दैन ?



भगवती देवकोटा भट्टराईको गजल ‘म को हु ?’ यसरी बहकिन्छ ।

म को हु, कहाँ छु आज कसैले किन बोल्दैन,
उ आफ्नो नाउ खोज्दैछ अनि जन्मेको ठाउँ खोज्दैछ।
गन्तब्य नपुगी हराएको मान्छे चिनाउन आफ्नो पहिचान रोज्दैछ।।

कोपिलामा निमटन्न पारिएको फुल हु म।
सत्कर्म लाई अन्जान मान्ने तिम्रो नयनको भुल हु म।।
नसुनाउ उस्लाइ बिगतको कुरा, उ बिलासितामा हराइसक्यो।
सुन्दर बगैंचाको उधान भित्र विषालु काडा बाट डराइसक्यो।।


उमृन नपाएको फुल हु म, अरे र गरेको कथनमा हराएछु।
पुर्णिामाको छायाले पारेको प्रभाव , म माथी औसिको रात पर्दा डराएछु।।

भगवती देवकोटा (भट्टराई) सुभकालिका, कालिकोट
(उहाँ नेपाल तरुण दल केन्द्रीय कार्य समितिकाे तदर्थ समिति गठन गर्दा कर्णाली प्रदेशबाट सिङ्गाे महिला नेतृमा समावेश भएकी एकमात्र तरुण महिला हुन।)
प्रकाशित मिति : २०८० भदौ ११ गते सोमबार