नेपालले खेलको २३।४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३।४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।
नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् । इमाम ५ रन बनाएर आउट भएका हुन् ।
पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।
संवाददाता । बुधबार, भदौ १३, २०८० मा प्रकाशित