सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले देशको कम्युनिष्ट, समाजवादी आन्दोलनलाई बचाउनका लगि भूमिका खेल्ने बताए ।
उनले आन्दोलनको उपलब्धिलाई बचाउनका लागि भएपनि यो मोर्चाको आवाश्यक भएर निर्माण गरिएको बताए । आज कर्णालीको राजधानीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले समाजवादी मोर्चाले सरकार ढल्छ कि भन्ने आंकलनहरु पनि भइरहेको तर, सरकार कुनै हालतमा नढल्ने दाबी गरे । बरु कम्युनिष्टहरु मिल्दा गठबन्धन भित्रको दल कांग्रेसको मनमा चिसो नभई तातो पसेको बताए । उनले भने, मोर्चा बन्दा कांग्रेसलई चिसो बस्यो कि भन्ने आंकलनहरु भइरहेका छन्, त्यो गलत हो बरु वर्तमान सरकार बचाउनका लागि भूमिका निर्वाह गर्ने भएकाले तातो पसेको छ ।
नेपालले एकतामा शक्ति मिल्ने र शक्तिमा तागद हुने भएकाले समाजवादी शक्तिहरु एक ठाउँमा आएको र समाजवादी मोर्चाको निर्माण भएको बताए।
भिडियोमा हेर्नः
संवाददाता । बिहिबार, भदौ १४, २०८० मा प्रकाशित