Karnali Media
२०८३ असार १८ , बिहीबार

डा. मल्लको ‘भाषाको वकपत्र’ र डा. केसीको ‘शून्यको मूल्य’लाई यशस्वी अवार्ड



सुर्खेत । डा . महेन्द्र कुमार मल्लको भाषाको वकपत्र र डा. नवराज केसीको शून्यको मूल्य सहितका कृतिलाई यो बर्षको यशस्वी अवार्ड प्रदान गरिएको छ । यस्तै विवेक ओझाको उपन्यास ‘ऐंठन’, रेणुका जिसीको कथा संग्रह ‘सनेस‘लाई यशस्वी अवार्ड प्रदान गरिएको हो।

त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’मा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको छ।


सम्मानित हुने कृतिमा कवितातर्फ ‘भाषाको बकपत्र’, जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधालिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रीमा केसीद्वारा अनुदित ‘अमृता प्रीतमका छानिएका कविता’ र खाद्य तथा औषधि विधामा नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ रहेका छन्।

यसैगरी अँग्रेजी भाषाको संस्मरण लाक्पा देन्डी शेर्पा ‘हिमालयन मेभरिक’ र अँग्रेजी कवितासंग्रह सुशान्त थापाको ‘मिनट्स या मेरिट’लाई उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार