Karnali Media
२०८३ असार १८ , बिहीबार

तिज गीत ‘धुलो उडाइ नाचिन्छ गाइन्छ’ सार्वजनिक



सुर्खेत । हिन्दु नरीहरुको चाड तिजको अवसरमा धुलो उडाइ नाचिन्छ गाइन्छ गीत सार्वजनिक भएको छ । यो गीत सुर्खेतकाे बुलबुले, काक्रेविहार, भेरी पुल लगायतका क्षेत्रमा छ्याङ्कन भएको हो ।

हाई नेपाल युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको यो गीतमा शिव संगित र टिका पुनको स्वर रहेको छ । डा. महेन्द्र कुमार मल्लको शब्द रहेको यस गीतमा भिडियोतर्फ मुख्य कलाकारको रुपमा रेशम नेपकिङ्ग र प्रियाङ्का कुनुवार रहेका छन् । यस गीतलाई कुलमान नेपालीले निर्देशन गरेका हुन । सुवास भण्डारी र कमल नेपालीको व्यवस्थापन रहेको धुलो उडाइ नाचिन्छ गाइन्छ तिज गीतको सम्पादन गोपाल बिकले गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतका मुख्य कलाकार रेशम नेपकिङ्गले यो गीत मार्फत विशेषगरी तिजमा हुने नाचगानमा केन्द्रित रहेर बनाएको र धेरै दर्शकहरुले रुचाउनेमा आशावादी रहेको बताए ।


भिडियो हेर्नः

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार