एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ रन र शोब्मन गिलले ६२ रनमा ६७ रन बनाए । नेपालका बलरहरुले कुनै पनि विकेट हात पार्न सकेनन् ।
यसअघि श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनाएको थियो ।
नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।
कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।
भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३३ विकेट लिए । जितसँगै भारत सुपर फोरमा प्रवेश गरेको छ । भने नेपाल प्रतियोगितबाट बाहिरीएको छ ।
संवाददाता । सोमबार, भदौ १८, २०८० मा प्रकाशित