Karnali Media
२०८३ जेठ २८ , बिहीबार

कर्णालीका मुद्दालाई भोटसंग मात्र जोडियो, हामीले मौका पाए सम्भावनाका ढोका खोल्छौ : राजेन्द्र लिङ्देन



सुर्खेत सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनितीक दलहरुले कर्णालीका मुद्दालाई भोटसंगमात्र जोडेको आरोप लगाएका छन् । कर्णाली सम्भावनालाई चुनावी एजेण्डा मात्र बनाएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाएको खण्डमा कर्णालीका अनेकौ सम्भावनाको ढोका खोल्ने पनि बताए ।

सुर्खेत विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले सत्ता केन्द्रित राजनिती नगर्ने बताएका छन् । पछिल्लो समय विभिन्न संचार माध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताउँदै उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनिती नगर्ने पनि उनको भनाई छ ।

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भएपनि अनुसन्धानले तिब्रता नपाएको बताउँदै उनले भने, सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्दा हाम्रो पार्टीको १४ सांसदको साथ चाहिएको खण्डमा हामी साथ दिन तयार छौ ।


सोचमा नविन, कार्यशैलीमा नविन, राप्रपा अब नविन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यक्रर्ता प्रशिक्षणका लागि राप्रपा अध्यक्ष सहितका नेताहरु आज सुर्खेत आएका हुन् ।

भिडियो हेर्नः

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार