दैलेख । दैलेखको दुल्लु नगरपालिकाको लेखा शाखामा कार्यालयको मान मर्यादाको धज्जी उडाउँदै कर्मचारीहरुले डान्स गर्दै गरेको पाईएको छ । कर्मचारीहरुले लेखा शाखामै रत्यौली शैलीमा नाच्दै गरेको भिडियो बाहिरिएको छ ।
भिडियोमा कर्मचारीहरुले तामाङहरुको विवाहमा नाच्ने सुपरहिट गीत तामाङ सेलोमा लेखा शाखाभित्रै नाचगान गरेका छन् । भिडियो हेर्दा कर्मचारीहरुले कार्यालयको मान मर्यादा भुलेर आफ्नै घरमा जस्तो अवस्थामा रहेका छन् । नगरपालिकाको लेखा शाखामै कर्मचारीले गरेको यस्तो हर्कतले समग्र नगरपालिकाको दुदर्शा झल्काएको छ ।
भिडियो हेर्दा पृष्ठभूमिमा घामपानी फिल्मको ‘आप्पालाई मेरो…’ भन्ने गीत बजिरहेको छ । छेउमै अढाई लिटरको ड्यु र २ बोत्तल पानी रहेको देखिन्छ । लेखा शाखाभित्र यसै गीतमा झुम्दैछन्, लेखापाल विनोद थापा, सहलेखापाल मान बहादुर कार्की, नगरप्रमुख सचिवालय हेर्ने चिरन्जवी उपाध्याय, स्टोर किपर रमेश उपाध्याय र पशु प्राविधिक राजन बिष्ट ।
पालिकाका कर्मचारीहरुले केको खुसियालीमा नाचिरहेका हुन ? यो भने खुलेको छैन । यसरी कार्यालयको मान मर्यादा भुलेर कर्मचारीले गरेको अनैतिक क्रियाकलापले नगरपालिका र लेखा शाखाको नै अपमान भएको छ ।
भिडियाेः
संवाददाता । शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित