दैलेख । दैलेखको दुल्लु नगरपालिकाले पछिल्लो एकबर्षमा ३० किलोमिटर सठक कालोपत्रे गरेको छ । सडकका कारण निकै आलोचना हुने दुल्लु नगरपालिकाले अबको एक बर्षभित्र हिलो र धुलोमुक्त सडक बनाउने उदेश्य राखेको छ ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले कर्णाली मिडियाको प्रश्नोत्तर कार्यक्रम स्थानीय सरकारसँग कर्णाली मिडियामा बौल्दै आफु निर्वाचित भइसकेपछि दुल्लुमा ३० किलोमिटर सडक कालोपत्रे भएको बताएका छन्र । उनले भने, ‘म निर्वाचित हुनुभन्दा पहिले दुल्लुको रातीमाटादेखि चाँदनी चोकसम्म ४ किलोमिटर, माथिल्लो डुङ्गेश्वरमा एक किलोमिटर र विनायकमा एक किलोमिटर गरि जम्मा ६ किलोमिटर सडक कालोपत्रे भएको थियो । अहिले म निर्वाचित भइसकेपछि दुल्लु नगरपालिकामा बार्खिमोडदेखि कृतिखम्बसम्म १७ किलोमिटर र विनायकदेखि सातखम्बसम्म १३ किलोमिटर गरि ३० किलोमिटर सडक कालोपत्रे भएको छ ।’
यस्तै उनले दुल्लुको आमुल परिवर्तन गर्ने इच्छा र हुटहुटी भएकाे र जनताका आधारभुत आवश्यकता परिपूर्ती गर्नको लागि राजनितीमा आएका बताउँदै नराम्रा कामहरुको मात्र आलोचना गर्नुभन्दा सकारात्मक सल्लाह र राम्रा कामहरुको लागि हौसला दिन पनि अनुरोध गरेका छन् ।
नगरप्रमुख भरत रिजालले आफ्नो चाहाना पनि माथिल्लो डुङ्गेश्वर देखि सरर पिच सडकमा घियातिदु पुग्ने तल्लो डुङ्गेश्वरदेखि घियातिदु पुग्ने शिरस्थानदेखि पिपलघारी पुग्ने, तल्लो डुङ्गेश्वरबाट लुजै हुँदै सुर्यचोक पुग्ने, गमौडीबाट भुकाँहा, कालभैरब हुँदै तितेपाल्त पुग्ने, विनायकदेखि हाडेआवत हुँदै तल्लो डुङ्गेश्वर पुग्ने भएको बताउँदै यी मुख्य सडकहरु बनाउनुपर्छ भन्ने उदेश्यले लागेको बताएका छन् ।
उनले भने, ‘समस्या कहाँनिर छ भने तल्लो डुङ्गेश्वर, दुल्लु डाडिमाडी, पिपलकोट सडक भनेको संघिय सरकारले बनाउँदै गरेको सडक हो । यो संघिय सरकारले हेर्छ र यसको सडक डिभिजन कार्यालय जुम्ला रैछ । त्यो ठेकेदार को हो ? अहिले पनि पत्ता लागेको छैन । त्यो ठेक्का नतोडेसम्म तल्लो डुङ्गेश्वर माथी ६ किलोमिटर सडक कालोपत्रे हुने अवस्था छैन । यस्तै माथिल्लो डुङ्गेश्वर, बैक, दुल्लु, डाडिमाडी सडक यो चाहीँ प्रदेश सरकारको हो । यस सडकलाई हिल्सा, नाम्चेनाङ्लासम्म पु¥याउने भनेर प्रदेश सरकारले बजेट छुट्याएको छ । तर बजेट एकदम न्यून छ । विनायकको गौँडा नजिकको मोड बनाउनको लागि डेढ करोड रुपैयाँ छ । अब तरुन्तै टेन्डर हुने भनिएको छ । माथिल्लो डुङ्गेश्वरदेखि माथी दहसम्म यो बर्ष ठेक्का भएको छ । ठेकेदारले काम गर्छ भन्नेमा हामी ढुक्क छौ । तर दहदेखि गौँडासम्म यो बर्षपनि बाँकी रहने देखिन्छ । सातखम्बदेखि रातीमाटाको खण्ड अहिलेपनि बाँकी रहने यस्तै चाँदनी चोकदेखि घियातिदुको सडकखण्ड अहिले पनि बाँकी रहने भन्ने भएपछि अस्तीमात्र दुल्लु नगरपालिकाको कार्यपालिकाबाट निर्णय भएर सडक डिभिजन सुर्खेतबाट त्यसको स्टिमेट बनाउन लगाएर मैले संघिय सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा काठमाडौ पठाएको छु । माननिय दिक्पाल कुमार शाहीलाई मैले अनुरोध पनि गरेको छु । सडक डिभिजनले के भनेको छ भने स्रोत सुनिश्चितता काठमाडौंबाट माननियले बनाएर पठाइदिनसक्नु भयो भने म तुरुन्तै टेन्डर गर्छु भनेको छ । र माननिय ज्यूले पनि पहल गर्छु भनेको भएर म आशावादी कहाँनिर छु भने कम्तीमा यो बर्ष त्यतीमात्र टेन्डर भयो भने असारसम्म दुल्लुको हिलो हराउँछ धुलो हराउँछ भन्नेमा छु ।’
यस्तै उनले बिग्रेको काममा दुल्लुको मेयर कहाँ गयो ? भनेर गाली गर्ने र सप्रेको काम हामीले गर्यौ भनेर माला लाउने । प्रवृती रहेको र यसलाई हटाउनुपर्ने बताउँदै यो बर्षायाममा दुल्लुको सडकमा पहिलेजस्तो सास्ती नभएको र चाँदनी चोकलाई हिलोमुक्त बनाएको बताए ।
नगरप्रमुख भरत रिजालसंगको अन्तर्वार्ता हेर्नः
संवाददाता । शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित