Karnali Media
२०८३ असार ९ , मंगलबार

आजकाे माैसम : दिनभर र राति कहाँ कस्ताे ?



नेपालमा हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ । साथै   भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली भइ एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि  सामान्य  बदली  रहने छ ।


बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानमा मेघ  गर्जन र चट्याङसहित  हल्का देखि  मध्यम वर्षाको  सम्भावना  रहेको  छ । सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको  समेत  सम्भावना रहेको  छ ।

आज राति  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना  रहेको  छ । साथै लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना रहेको  छ ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार