Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

घरमा लुकाएर राखेको ८ सय किलो काजु बरामद



भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइराखेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार छापा मारी काजु बरामद गरेको हो।


भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले करिब सात लाख २० हजार रूपैयाँ बराबरको काजु बरामद गरेको हो। उक्त काजु आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार