Karnali Media
२०८३ जेठ २५ , सोमबार

हृदयघात भएपछि सुवासचन्द्र नेम्बाङको निधन



काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । बालुवाटारस्थित आफ्नै निवासमा राति करिब १ बजे हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएका उनलाई चिकित्सकहरुले अस्पतालमा निधन भएको घोषणा गरेको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए । अहिले नेम्बाङको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।


एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् । नेम्बाङको पार्थिव शरिर बुधबारसम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार