Karnali Media
२०८३ असार ९ , मंगलबार

बेपत्ता भएकाे १६ दिनमा मेजर पण्डितको शव भेटियो



१६ दिनदेखि बेपत्ता रहेका डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर विमल पण्डितको शव फेला परेकाे छ। त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डेबगर भेरीकिनारमा उनकाे शव फेला परेको प्रहरीले जनाएकाे छ।

भेरीकिनारमा मेजर पण्डितको शव फेला परेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायब निरिक्षक रुद्रबहादुर शाहीले जानकारी दिए। शवलाई पोष्टमाडमाका लागि जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको छ।


काठमायौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित १६ दिनअघि सम्पर्कविहीन भएका थिए। ‘इभिनिङ् वाक जान्छु’ भन्दै गत १० भदौमा हतार–हतार ब्यारेकबाट निस्किएका मेजरको आधा महिना पछि शव भेटिएको हो।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार