Karnali Media
२०८३ जेठ २८ , बिहीबार

नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा



काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन् ।

नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

त्यसअनुसार नै गृहले सार्वजनिक बिदाको विज्ञप्ति जारी गरेको हो ।


यस्तै त्यस दिन राष्ट्रिय झन्डा आधा झुकाइने पनि प्रवक्ता शर्माले जानकारी दिए ।

बिहीबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो ।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार