Karnali Media
२०८३ जेठ २५ , सोमबार

एसईई खारेज गर्ने सरकारको प्रस्ताव



संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका लागि मंगलबार संसद्मा पठाएको विधेयक आज दर्ता भएको संसद सचिवालयले जनाएको छ ।


एसईई खारेज गर्ने प्रस्तावसहितको विद्यालय शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता भएको हो । नयाँ विधेयकमा माध्यामिक तह उतीर्ण परीक्षा १२ कक्षामा मात्रै लिन सुझाव दिइएको छ।

यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसी–एसईई हुने छैन ।

प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार