दैलेख । दैलेखको महाबु गाउँपालिका १ खरिगैरामा चट्याङ लाग्दा एकजनाको मुत्यु र १६ जना घाइते भएका छन् ।
बिहिबार अन्दाजी बेलुका ४ बजेको समयमा महाबु गाउँपालिका १ खरिगैरा बस्ने महेन्द्र बहादुर खत्रीको टायलले छाएको दुई तल्ले कच्ची घर सोही ठाउँमा बस्ने दल बहादुर गुरुङको जस्ताले छाएको दुई तल्ले कच्ची घर र जय बहादुर गुरुङ्गको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा चट्याङ लाग्दा महाबु गाउँपालिका १ बस्ने बर्ष ४२ की भुमिसरा खत्रीको उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याईएकोमा करिब ६ बजेकाे समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
यस्तै प्रहरीका अनुसार चट्याङमा परि १६ जना घाइते भएका छन् । घाइते हुनेमा बर्ष ५६ का दल बहादुर गुरुङ, बर्ष ४७ को जय बहादुर गुरुङ, बर्ष ८ की सम्झना गुरुङ, बर्ष १७ की रोशनी गुरुङ, बर्ष १७ का खरजंग गुरुङ, बर्ष ४७ की शान्ती गुरुङ, बर्ष ४५ की भद्रदेवी खत्री, बर्ष ४० की विनिता शेन, बर्ष ४१ की गंगा सिंह, बर्ष १२ का शिसिर सेन, बर्ष १५ की करिष्मा शेन, बर्ष ४५ का कविराज थापा, बर्ष ५५ का शेर बहादुर शेन, बर्ष ३२ की पदमा कुमारी शेन, बर्ष ५० की मनसरा जैसी र बर्ष ५० को मिन बहादुर थापा रहेका छन् ।
घाइतेहरुको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ, भने केहीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।
संवाददाता । बिहिबार, भदौ २८, २०८० मा प्रकाशित