Karnali Media
२०८३ असार १८ , बिहीबार

अमेरिका भ्रमणमा जाने टोली सानो र छरितो बनाइएको छः प्रधानमन्त्री प्रचण्ड



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने बिषय प्रतिनिधि सभालाई जानकारी गराउँदै भ्रमण टोली सानो बनाइएको बताए।


प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन्। बैठकमा त्यसबारे पनि जानकारी गराए।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार