सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १० दिपनगर एयरपोर्ट चोकमा रहेको फुलबारी मन्टेश्वरी एण्ड चाईल्ड केयर सेन्टरले तिज विशेष कार्यक्रम गरेको छ । नजिकिदै गरेको महिलाहरुको महान पर्व तिजलाई मध्यनजर गर्दै मन्टेश्वरीले आज तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
फुलवारी मन्टेश्वरीले गरेको तिज विशेष कार्यक्रममा विद्यार्थीहरुले पनि आफ्ना विभिन्न प्रतिभाहरु प्रस्तुत गरेको थिए । मन्टेश्वरीमा अध्यायनरत विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा मन्टेश्वरीले तिज विशेष कार्यक्रम गरेको थियो । यसरी सयुक्त रुपमा गरिएको कार्यक्रमबाट विद्यार्थीहरुको आन्तरिक क्षमता विकास हुने, विद्यार्थीहरुमा कन्फिडेन्ट बढ्ने जसले गर्दा बालबालिकाहरुको शैक्षिक तथा सामाजिक विकासमा पनि मदत पुराउने कार्यक्रमको उदेश्य रहेको छ । साथै कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरुले सामुहिक रुपमा तिजको दर पनि खाएका थिए ।
कार्यक्रममा बोल्दै फुलबारी मन्टेश्वरीको डाइरेक्टर तथा कार्यक्रमको सभाअध्यक्ष लक्ष्मी कुमारी शाहीले प्रत्येक बर्ष मन्टेश्वरीले तिज विशेष कार्यक्रम गर्दै आएको र यसबर्ष पनि महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा मन्टेश्वरीले विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा कार्यक्रमको आयोजना गरेको बताईन् । शिक्षक, विद्यार्थी र अभिभावकले सँगै हरितालिका तिज विशेष कार्यक्रम मनाउँदा बालबालिकाहरुमा पनि सकारात्मक प्रभाव पर्ने र यसले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा मदत पुराउने उनको भनाइ छ ।
तिज विशेष कार्यक्रमको सभापतिमा फुलवारी मन्टेश्वरीको डाइरेक्टर लक्ष्मी कुमारी शाही, प्रमुख अतिथी कार्यपालिका सदस्य लक्ष्मी चौधरी, मन्टेश्वरीमा अध्यायनरत विद्यार्थीका अभिभावकहरु र विद्यार्थीको सहभागिता रहेको थियो ।
तस्बिरहरुः
संवाददाता । शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित