दैलेख। दैलेखको ठाटीकाँध गाउँपालिकामा सर्पले टोकेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्।
आइतबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । घरमा आमा र उनी मात्र थिइन् । सर्पले टोकेपछि झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको हाे । अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, असोज ०१, २०८० मा प्रकाशित