Karnali Media
२०८३ साउन २७ , बुधबार

अब अविवाहितलाई मासिक १ हजार भत्ता दिइने



गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला पुरुषलाई भत्ता दिने भएको छ। गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको छ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअन्तर्गत श्रावण महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने गरी सूचना प्रकाशन गरेको छ।


अविवाहित पुरुष र महिला पनि कुनै न कुनै रूपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस हुन नदिन मासिक एक हजारका दरले भत्ता दिने गाउँपालिकाकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिन यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागू हुने गरी भत्ता प्रदान गर्न लागिएको हो ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार