सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको भानु पार्कमा राष्ट्रिय झण्डा फेरिएको छ । संविधान दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाले पार्कमा रहेका पुराना झण्डालाई हटाएर नयाँ राष्ट्रिय झण्डा राखेको हो ।
डिएनपी डाँडा नामले पनि परिचित रहेको भानुपार्क पछिल्लो समय वीरेन्द्रनगरको प्रमुख गन्तव्य बनेको छ । राम मन्दिर भन्दा माथी रहेको यो क्षेत्र केही समय पहिले यहाँ राखिएका राष्ट्रिय झण्डा र रात्रीकालिन समयमा लहरै बलेका बत्तीहरुले गर्दा भाइरल पनि बनेको थियो । तस्बिरमा नयाँ राष्ट्रिय झण्डामा सजिएको भानुपार्कः
संवाददाता । बुधबार, असोज ०३, २०८० मा प्रकाशित