लेकबेसी नगरपालिका ८ र १० मा वडा विपद व्यवस्थापन जलवायु उत्थानशील योजना अनुमोदन भएको छ ।
प्रयास परियोजना अन्तर्गत साझेदार संस्था फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल ( एफएससिएन )ले लेकबेसी नगरपालिकाकाका यी दुई वडाहरुमा छुट्टाछुट्टै औपचारिक कार्यक्रम गरेर यो योजना अनुमोदन गरेको हो ।
यस योजना अन्तर्गत लेकबेसी नगरपालिका ८ र १० मा के कस्ता बिपदहरु छन यी बिपदबाट यो क्षेत्र कत्तिको प्रभाबमा छ, यस्ता बिपदहरुको सम्भावना कति छ र यसबाट विपद पुर्ब, विपदको समयमा र विपद पश्चात् वडालाई सुरक्षित राख्न के गर्न सकिन्छ भन्ने विभिन्न जानकारी सहितको पुस्तिका निकाल्ने भनेर विभिन्न चरणमा त्यहाँ व्याक्तिहरुसङ्गको प्रत्यक्ष बिभिन्न सुचकहरुमा छलफल गरेर यो तथ्यांक तयार पारियो थियो । यसरी तयार पारिएका सामाग्रीहरुलाई वडा , वार्ड प्रतिनिधि, नगरपालिका लगायत विभिन्न माध्यमबाट सुचना संकलन गरेर यो पुस्तिका तयार हुने प्रक्रियामा छ ।
यो पुस्तिका सार्बजनिक भएपछी लेकबेसी नगरपालिकाका यी वार्डहरुमा रहेका विपद व्यवस्थापन गर्न, यस सम्बन्धि नीति बनाउन र काम गर्न धेरै सहज पुग्नेछ । स्थानिय नागरिकले पनि सहजै आफ्नो क्षेत्रमा रहेका विपदहरुका बारेमा जानकारी लिन सक्नेछन ।
उक्त कार्यक्रममा दुबै वार्डका अध्यक्षहरुले यो कार्यक्रमले आफ्नो वार्डलाई विपद व्याबस्थापन अनुकुलन मैत्री वार्ड बनाउन ठूलो सहयोग पुग्ने र यसलाई आगामी दिनमा वार्डले गर्नसक्ने सम्पुर्ण प्रयास गरि अझ प्रभाबकारी बनाउने बताउनुभयो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भोलेन्टरी सर्भिज ओभर्सिज ( भिएसओ ), नेपाल युवा संस्था सन्जाल ( आयोन ), फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) र सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब ) को सहकार्यमा संचालित प्रयास परियोजनाले लेकबेसी नगरपालिकाको वार्ड ८ र १० सङ्गको सहयोगमा वडा विपद व्यबस्थापन योजना बनाएको हो ।
सुर्खेतको लेकबेसीमा वडा विपद् व्यबस्थापन योजना अनुमोदन
सुर्खेतको लेकबेसीमा वडा विपद् व्यबस्थापन योजना अनुमोदन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित