सुर्खेत । आज कर्णाली प्रदेश सभाको वैठक आज बस्ने भएको छ । आज बस्ने प्रदेश सभाको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएपछि बस्न लागेको प्रदेश सभाको वैठकमा शोक प्रस्ताव पारीत गरिने गर्ने कार्यसूचि रहेको सभामुख नन्दा गुरुङ्गले जानकारी दिइन ।
‘बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले भोली बस्ने वैठकमा शोक प्रस्ताव पारीत गर्ने निर्णय भएको छ । उनले भनिन्, ‘आज बस्ने वैठक शोक प्रस्ताव पारीत गर्ने र अर्को वैठक असोज १५ गते दिउसो तीन बजे बस्ने निणर्य समितिले गरेको छ ।
संवाददाता । शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित