दैलेखको आठबीस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बडुवालले पालिकाका सबै नागरिकले सहयोग गरेको खण्डमा असम्भव केही पनि नभएको बताएका छन् । कर्णाली मिडियाको स्थानीय सरकारसँग कर्णाली मिडिया कार्यक्रममा बोल्दै उनले अहिले पालिकाका काम गर्न चाहने व्यक्तिलाई असहयोग गर्ने प्रवृति हाबी भएको बताउँदै सबैको सहयोग पाएको खण्डमा आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्न सकिने बताए ।
स्थानीय सरकारमा आफुहरु निर्वाचित भएको झण्डै डेढ बर्ष वितिसक्दा अहिलेसम्म भएको कामहरुबाट आफु सन्तुष्ट नभएको बताउँदै पालिकालाई अबका दिनमा विकासमा फट्को मार्ने गरि अगाडी बढाउन एक्लैको मेहनेतले सम्भब नहुने उनको भनाइ छ । पालिकाका मुख्य प्राथमिकता सवास्थ, शिक्षा संगै बाजो जमिनमा खेती गरि पालिकाका जनतालाई स्वरोजगार बनाउने उदेश्य लिएको र सोही अनुसार पालिकाले बाजो जमिनको प्रयोग गरेर बढ्दो बैदेशिक रोजगारीलाई रोक्ने र युवाहरुलाई स्वरोजगार बनाउने उनले बातए ।
विकास निमार्णका काममा कर्मचारी र स्थानीयले नै अवरोध गरेको संकेत गर्दै उनले आठबीस नगरपालिकाका नैतिक बिकासको आवश्यक रहेको बताए । पालिकामा रहेको सबै नागरिकहरुलाई नैतिक तथा समाजिक शिक्षा दिन जरुरी भएको साथै अबका दिनमा सबैले विकास निमार्णका काममा सहयोग गर्ने उनको भनाई छ ।
पालिकामा लामो समयदेखि नभएको सार्वननिक सुनुावई छिट्टै गर्ने र पालिकाका वेरुजु घटाउने गरि काम गर्ने पनि उनले बताए । पुरा अन्तर्वार्ता हेर्नः
संवाददाता । शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित