सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा न. १ मा वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुमोदन भएको छ ।
आज बुधवार एक औपचारिक कार्यक्रममा वडा अध्यक्ष,वडा पदाधिकारी, वडा विपद व्यवस्थापन समितिका पदाधिकारी, वडा स्थित विभिन्न राजनिती दल, शिक्षक, कर्मचारी, बुद्धिजीवी लगायत वडाका विभिन्न व्यक्तिहरुको उपस्थितिमा वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुमोदन गरिएको हो ।
प्रयास परियोजना अन्तर्गत साझेदार संस्था फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल ( एफएससिएन )ले भेरीगंगा नगरपालिकाकाको वडा नं. १ को वडा कार्यलयमा यो कार्यक्रम गरेको थियो ।
भेरीगंगा नगरपालिकाको यस वडामा विपदको अबस्था के छ ? जलवायु परिवर्तनको प्रभाव कत्तिको छ ?
यस वडालाई विपद मैत्री वडा बनाउन कस्ता कस्ता विषयमा काम गर्न आबश्यक छ, यसका लागि वडामा के कस्ता योजना बनाउन सकिन्छ । वडाका स्थानिय देखि दीर्घकालीन योजना नीति नियम समेटेर तयार पारिएको यस योजनालाई वडाबाट अनुमोदन भैइसकेको र अब यसलाई पुस्तक बनाउनको लागि अगाडि बढ्ने प्रयास परियोजनाका लागि फ्रेन्ड सर्भिस काउन्सिल नेपालका वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माण परामर्शदाता हिम्मत बिष्टले जानकारी दिनुभयो । यस्तै उहाँले यस योजाना निर्माणमा वडा विपद व्यवस्थापनले सक्रिय भएर काम गरेको साथै वडा अध्यक्ष लगायत अन्य सबैले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
औपचारिक कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवराज कार्कीले “यस योजना तथा पुस्तक निर्माणपछि आफ्नो वडालाई विपद मैत्री वडा बनाउन र प्रयास परियोजनाले गरेको यो कामबाट वडालाई र वडाबासीलाई बिभिन विपदबाट सुरक्षित राख्न ठूलो सहयोग पुगेकोमा प्रयास परियोजनालाई धन्यवाद दिदै आफू यस्ता योजना बनाउनमा सधै सकारात्मक भएको उहाँले बताउनुभयो ।”
युरोपियन युनियनको आर्थिक सहयोगमा भोलेन्टरी सर्भिज ओभर्सिज ( भिएसओ ), नेपाल युवा संस्था सन्जाल ( आयोन ), फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) र सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब ) को सहकार्यमा संचालित प्रयास परियोजनाबाट र वडाको सहकार्यमा गरिएको यस विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुमोदन कार्यक्रमको सहजीकरण प्रयास परियोजनाका लागि फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) परियोजना संयोजक अभिषेक ओझाले गर्नुभएको थियो ।
विपद् व्यवस्थापनमा सक्रिय बन्दै स्थानीय तह
विपद् व्यवस्थापनमा सक्रिय बन्दै स्थानीय तह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । बुधबार, माघ १९, २०७८ मा प्रकाशित