प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता जारी छ। राष्ट्रसंघीय महासभामा सहभागी भई न्युयोर्कबाट सिधै चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच हाङझाउमा भेटवार्ता भएको हो।
भेटमा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत सहभागी छन्।
प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार










