सुर्खेत । सुर्खेतमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका १९ वर्षका महेन्द्र सार्की रहेका छन् । र अन्य ३ जना भने १५ र १६ वर्षका छन् ।
पक्राउ पर्ने सबै पञ्चपुरीकै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले बताए । प्रहरीका अनुसार बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकालाई ४ जनाले फरक फरक स्थानमा लगेर बलात्कार गरेको र पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँका भएका कारण बलात्कारको घटना योजनाबद्ध रूपमा घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका ४ जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
संवाददाता । आइतबार, असोज ०७, २०८० मा प्रकाशित